• 8:28 am

भारतमा निर्माणाधीन पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

प्रकाशित मिति

२०८० भाद्र ८ गते, शुक्रबार ११:५९

भदौ ८, २०८० काठमाडौँ: भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । बुधबार आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो ।


मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।


पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया