• २१ असोज २०८३, बुधबार
  • ९ः५२ बिहान

टीकापुर घटनाको ८ वर्षपछि बालक टेकबहादुरको सालिक राखियो

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ०२:५१

भदौ ७, २०८० कैलाली : टीकापुर घटनाको ८ वर्षपछि रेशम चौधरीदम्पतीले टीकापुरमा सद्भाव बढाउनुपर्ने बताउनुभएको छ । आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो ।

National Life

“टीकापुरमा फेरि सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस्”, रेशम चौधरीले भन्नुभयो, “हामी चाहन्छौँ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ ।” २०६६ सालमा चौधरीले खड्गबहादुर सिंहको सालिक बनाएका थिए । त्यसबेला लगाइएको ताम्रपत्र टीकापुर घटनाका क्रममा फोडिएको थियो । सिंह टीकापुर नगरको परिकल्पनाकार मानिन्छन् ।


आजै नागरिक उन्मुक्ति केन्द्रीय अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले आठ वर्षपहिलो टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभयो । साथमा रेशम, नाउपाका मन्त्री तथा सांसद र मृतक बालकका आफन्त उपस्थित थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

टीकापुर घटनामा संलग्न रहेको भन्दै अदालतले फैसला गरेका केही व्यक्ति अझै पनि कारागारमा छन् । जेठ १५ गते गणतन्त्र दिवसमा अवसरमा रेशम रिहा भएपनि उनीहरु रिहा भएका छैनन् ।

प्रतिकृया