पूर्व डिएसपी थपलियाले न्यु कालिकाग्रिललाई दिनुपर्ने छ करोड नदिएर उल्टै धम्क्याउने र मुद्दा हाल्ने काम गरेको पीडितको आरोप
प्रकाशित मिति
२०८० भाद्र ७ गते, बिहीबार ०३:११
भदौ ७, २०८० काठमाडौँ : न्यूकालिकाग्रिल तथा फिल्टर प्रा. लि.का सञ्चालक हरिकुमार श्रेष्ठले नेपाल प्रहरीका नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्द प्रसाद थपलियाले कम्पनीलाई भुक्तानी दिनुपर्ने रकम नदिएर उल्टै धाकधम्की दिने गरेको बताएका छन् ।
हिजाे (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले थपलिया सञ्चालक रहेको ग्रामिण कृषि सेवाप्रा. लि. बनाउँदाछ करोड रुपैयाँभुक्तानीदिनबाँकी रहेको बताए । थपलियाले ६७ लाखको सम्झौता गराएर छ करोड १३ लाखगर्न लगाएको उनको भनाई छ ।
भुक्तानीमाग्दाथपलियाले प्रहरी प्रशासनको दुरुपयोग गरेर उल्टै आफूलाई पीडित बनाएको उनको आरोप छ । थपलियाले उल्टो ५० लाखलिन छ भनेर जिल्लाअदालतमा मुद्दा हालेको श्रेष्ठले बताए । उक्त मुद्दा १४ महिनापछि आफूले जितेको उनले बताए । आफूले थपलियाविरुद्ध जाहेरी दर्ता गराउनजाँदानौ महिनासम्म हैरानी खेप्नु परेको दुःखेसो पोखे ।
उक्त मुद्दाको अनुसन्धानअधिकृत सुरेश सुवेदीभएपनिदुई जनाको मिलेमतोमा गठी देखिदैन भनिरहेको उनले बताए । थपलियाले पैसानदिएकै कारण श्रमिकहरुलाई भुत्तानीदिनबाँकी रहेको उनले बताए । अखिल नेपालनिर्माण संगठनका उपमहासचिवमदन बराइलीले सरकारले मजदुर ठग्ने गोविन्दथपलियालाई पनिकारबाहीको दायरामाल्याउनआवश्यक रहेको बताए । उनले थपलियालाई राज्यले कारबाही गरेको खण्डमामात्रै भुईँमान्छे र मजदुरहरुले न्यायपाएको अनुभूतिगर्न सक्ने बताए ।
अखिल नेपाल निर्माण संगठनका उपाध्यक्ष कमल न्यौपानेले आफूहरुले सकेसम्म थपलियालाई अप्ठ्यारोमा पार्ने र उनको इज्जत माथि खेलबाड गर्न नचाहेको बताए । उनले दुई पक्ष बसेर छलफल गरी यो विषय टुंगोमान पुर्याए थापलियाको घर घेर्न आफूहरु बाध्यहुने बताए । न्यू कालिका ग्रिलतथा फिल्टर प्रा. लि. कामजदुरले थपलियको कृषिफर्ममा काम गर्दाको रकम नपाएको बताए ।
प्रतिकृया