रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार ०२:२४
भदौ ६, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। लामिछानेलाई भेट्न अमेरिकी राजदूत थम्पसन बुधबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए।

उक्त भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले बताएको छ।
उक्त भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको भेटपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

साथै, सो क्रममा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुताबासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी गराएको उल्लेख छ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया