संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार ०१:५६

sansad

भदौ ६, २०८० काठमाडौँ: अवरुद्ध संसद् सुचारु गर्न दलहरुबीच दुई बुँदे सहमति भएको छ ।


प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको बताइएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।


सुन तस्करी प्रकरणमा उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । संसद्को अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया