• १८ भदौ २०८३, बिहीबार
  • २ः३१ दिउँसो

फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु हुदैन : स्वास्थ्य मन्त्री बस्नेत

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०५:५४

भदौ ५, २०८० काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको संख्या बढी हुनु नपर्ने बताएका छन् । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिष्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्यास सम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिष्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दावी गर्दै फर्मासिष्ट विना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको बताएका हुन ।


मन्त्री बस्नेतले भने, ‘ यसरी फर्मासिष्ट विनै फार्मेसी चलाउनु भनेको ज्यान मारा काम हो । यस्ता फार्मेसीलाई अनुगमन गरी कारवाही गर्नेछौ । ’ केही दिन पहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरै जसो फार्मेसी फर्मासिष्ट विनै चलिरहेको पाइएको, अर्कै फर्मासिष्टको सर्टिपिकेट राखेर चलाइरहेको र फार्मेसी पढीरहेका विद्यार्थी फार्मेसीमा राखेर चलाइरहेको पाइएको अनुभव सुनाउदै मन्त्री बस्नेतले औषधि जस्तो संवेदनशिल चिजको विक्रिबितरणमा बदमासी गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गर्न पछि नपर्ने बताए ।

Kamana Sewa

औषधिको उत्पादन र भण्डार गुणस्तरीय भएन भने जनताले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न नसक्ने भएकाले फर्मासिष्टहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर व्यवसाय गर्नु पर्ने आवश्यकतामा मन्त्री बस्नेतले जोड दिए । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले प्रत्येक नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्न पाउने अधिकारको रक्षाका लागि औषधि व्यवस्था विभागले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए । विभागसँग भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण विभागले प्रभावकारी ढंगले देशैभरिका सबै फार्मेसीहरुको अनुगमनको काम गर्न नसकिरहेको बताए ।

Classic Tech Desktop

ढकालले गत वर्ष मात्र ३ हजार भन्दा बढी फार्मेसीको निरीक्षण गरेको, २ हजार नया फार्मेसी दर्ता गरेको र २५ प्रकारका औषधिमा समस्या देखिएकाले बजारबाट फिर्ता गराई विक्रीबितरणमा रोक लगाइएको जानकारी दिए । औषधि व्यवस्था विभागका गुणस्तर मापन तथा कानून कार्यन्वयन महासाखाका प्रमुख पानबहादुर क्षेत्रीले खुद्रा र थोक गरि ३२ हजार औषधि पशल रहेको जानकारी दिदै दैनिक ७ देखि १० वटा औषधि पशल दर्ता हुने गरेको बताए । क्षेत्रीले हालै साउनमा मात्र १ सय ९० औषधि पशलको अनुगमन गरेको बताए । ३ दिनसम्म चल्ने क्षमता अभिवृद्घि तालिममा सय भन्दा बढी फर्मासिष्ट, सहायक फर्मासिष्टहरु सहभागी छन् ।

प्रतिकृया