• १८ भदौ २०८३, बिहीबार
  • ३ः१७ दिउँसो

ओली नआएपछि प्रधानमन्त्री दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ०५:२८

भदौ ५, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो ।


ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

Kamana Sewa

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको थियो। सो मस्यौदालाई सर्वदलीय बैठक बसेर अन्तिम रूप दिने बताए पनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रुप पाउन सकेन ।

Classic Tech Desktop

आज स्थगित भएको बैठक भोलि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया