• १८ भदौ २०८३, बिहीबार
  • ३ः१८ दिउँसो

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०८० भाद्र ६ गते, बुधबार १०:३१

भदौ ६, २०८० काठमाडौँ : आज प्रतिनिधि सभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ३ बजे बैठक बस्नेछ। साउन १० देखि कार्यसूचीमा अघि बढ्न नसकेको संसद आजदेखि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना छ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै लगातार संसद अवरूद्ध गरेपछि सोमबार राति छानबिन समिति बनाउन सरकार तयार भएको थियो। उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए। तर सर्वदलीय बैठकबाट यो निर्णय पारित नभएका कारण हिजो बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको थियो।

Kamana Sewa

प्रतिनिधि सभाको आजको सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

Classic Tech Desktop

त्यस्तै सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।


सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउनेलगायतको कार्यसूची आजको बैठकको छ।

प्रतिकृया