• 3:35 am

तस्करीको ६० किलो सुन २४ क्यारेटको

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०१:४३

भदौ ४, २०८० काठमाडौँ: तस्करीको ६० किलो सुन २४ क्यारेटको पुष्टि भएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद सुन परीक्षण गर्दा २४ क्यारेटको शुद्ध पाइएको बताएको छ ।


महाशाखाले प्रवक्तामार्फत् राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई यसबारेमा जानकारी गराइसकेको एक उच्च अधिकारीले जानकारी दिए ।


साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक शुमा ल्याएको क्विन्टल भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो ।

प्रतिकृया