हवाई डढेलो : ११४ जनाले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार ०१:४७

भदौ ३, २०८० एजेन्सी: अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म एक सय १४ जनाले ज्यान गुमाएका छन् भने एक हजारभन्दा बढी बेपत्ता भएका छन् । ६० प्रतिशत बढी उक्त डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ। हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताए । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताए ।
डढेलोका कारण ६ बिलियन सम्पत्ति ध्वस्त भएको अनुमान गरिएकाे उनकाे भनाइ छ। ग्रिनका अनुसार २ हजार २ सय भवनहरू ध्वस्त हुनुका साथै अन्य पाँच सय बढी भवनमा क्षति पुगेको छ ।
डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीयस्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक सहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ। त्यहाँ १३ हजार बासिन्दाहरू बस्ने गर्दथे । कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरू थपेर कार्यमा खटाइएको उनले बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार माउई राज्यका जीवित उद्धार गरिएका परिवारहरूसँग भेट्ने कार्यक्रम छ ।
प्रतिकृया