खाँदबारीद्धारा नदीजन्य पदार्थ उत्खनन र विक्री वितरण गर्न सूचना सार्वजनिक
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार ०१:५३

भदौ ३, २०८० काठमाडौँ : खाँदबारी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्न सूचना जारी गरेको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ च र दफा ११ को घ को छ भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित नदिहरुको स्वीकृत घाँटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन गरी खाँदबारी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नका लागि भदौ १ गते सूचना जारी गरेको हो।
इच्छुक फम वा, कम्पनीहरुले फमको नविकरण भएको प्रमाणपत्र मूल्य अभिवृद्धि कर प्रमाण पत्र, २०७८/७९ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीका साथै अन्य आवश्य काजगत संलग्न गरी बोलपत्र प्रक्रियामा सहभागि हुन सम्बन्धित सबैको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको छ।
प्रतिकृया