• 5:28 pm

चिनियाँ वायुसेनाका २५ विमान ताइवानी सीमामा छिरे

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार १२:३७

भदौ ३, २०८० काठमाडौँ: ताइवानको रक्षा मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा चिनियाँ वायुसेनाका २५ विमान आफ्नो वायुरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।


चिनियाँ एसयू–३० र जे–११ लडाकु विमानले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको मन्त्रालयले जनाएको हो । रोयटर्सका अनुसार टापुनजिकै चीनले सैन्य अभ्यास गर्ने सम्भावना रहेको ताइवानी अधिकारीले बताएका छन् ।


ताइवानका उपराष्ट्रपति विलियम लाइले हालै अमेरिकाको भ्रमण गरेका थिए । त्यसकै आक्रोशमा चीनले शनिबार टापुनजिक सैन्य अभ्यास गरेको थियो ।

प्रतिकृया