कारागारमा भएको घटनाको छानविन खाँदबारीको आग्रह
प्रकाशित मिति
२०८० भाद्र ३ गते, आईतवार १२:५०

भदौ ३, २०८० काठमाडौँ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाले जिल्ला कारागार भित्र भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारवाहि गर्न आग्रह गरेको छ । गत साउन २४ गते जिल्लाको कारागारभित्र रातको २ बजे करिब दुई जना कैदीहरुको रह्रयमय मृत्यु भएको घटना प्रति नगर प्रमुखको सचिवालयको गम्भिर ध्यानाकर्षण भएको नगर प्रमुख महेश थपलियाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कारागार भित्र ज्यान जानु भनेको मानव अधिकारको गम्भिर उल्लङ्घन भएको हो । उक्त घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ सार्वजनिक गर्न र दोषिलाई कारवाही गर्न र दोषिलाई कारवाहिको दायरामा ल्याउन नगर प्रमुखको सचिावल सम्बन्धित पक्षसँग जोडदार माग गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिकृया