• २१ असोज २०८३, बुधबार
  • १०ः०० बिहान

४० भन्दा बढी देश ‘ब्रिक्स कन्ट्री’मा सहभागी बन्न इच्छुक

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार १०:५३

भदौ ३, २०८० काठमाडौँ: ब्रिक्स देशहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाएको भन्दै विद्वानहरूले प्रशंसा गरेका छन् ।

National Life

इस्तान्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरूले निभाएको भूमिकाका कारण अहिले केही अन्य देशहरूले पनि ब्रिक्स कन्ट्रीमा समावेश हुन चाहना राखेको बताए।


ब्रिक्स देशहरूले विश्वको जनसंख्याको ४० प्रतिशतभन्दा बढी र विश्वव्यापी कुल आर्थिक उत्पादनको २० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछन्। अब यसको प्रमुख काम सदस्यता विस्तारमा लाग्नुपर्ने उनको भनाइ छ। अहिले ४० भन्दा बढी देशहरू ब्रिक्स सदस्य बन्न प्रयास गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले ब्रिक्समा चीन पनि सम्मिलित भएकाले ब्रिक्सलाई अझ शक्तिशाली बनाएको बताए।

प्रतिकृया