खाँदबारीमा फोहोरमैलाको व्यवस्थापन निजी क्षेत्रलाई दिन प्रस्ताव आह्रावन

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार ११:०७

kadbari napa 2 e1692508929261

भदौ ३, २०८० काठमाडौँ: सङ्खुवासभाकाे खाँदबारी नगरपालिकाले फोहोर उत्सर्जन र व्यवस्थापन गर्ने कार्य निजी क्षेत्रलाई दिन प्रस्तावको माग गरेको छ । साउन ३१ गते बसेको कार्यपालिकाको बैठकले लागि निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा गर्न जिम्मेवारी दिने भन्ने निर्णय गरेको हो ।


यस अगाडिसम्म नगरपालिकाले नागरिकहरुलाई ग्राहक बनाइ नगर सभाले स्वीकृत गरेको शुल्क असुल गरी नियमित तालिका बनाइ फोहोर संकलन गरी ल्याडफिल्ड साइडसम्म विसर्जन गर्दै आएको थियो । उक्त बैठकले भने फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्य र साझेदारीम काम गर्ने निर्ण भएको नगरपालिकाले सूचना जारी गरी जनाएको छ । निजी क्षेत्रले उक्त कार्य गर्नकालािग इच्छुक फम, व्यावसायि, कम्पनी तथा संस्थाहरुले आधिकारीक प्रमाणपत्रसहित स्पष्ट धारणा सहित सूचना प्रकाशन भएको मितिले सातदिन भित्र कार्यलय समयमा शिलबन्दी प्रस्ताव प्रेश गर्न हुन सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ ।


फोहोरमैला व्यवस्थापनका लागि बिगत नै फोहोर उत्सर्जन गर्ने नागरिकहरुलाई ग्राहक बनाइ नगर सभाले स्वीकृत गरेको शुल्क असुल गरी नियमित तालिका बनाइ फोहोर संकलन गरी ल्याडफिल्ड साइडसम्म विसर्जन गर्दै आएकोमा सवारी साधन, इन्धन तथा मर्मत र हालसम्म संलग्न कर्मचारीको सम्बन्धमा रहेकाे छ ।

प्रतिकृया