• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

खाँदबारी नगरपालिकाले छ वर्ष अगाडि निर्माण भएका भवनको अभिलेखिकरण गर्ने

प्रकाशित मिति

२०८० भाद्र ३ गते, आईतवार १०:३८

भदौ ३, २०८० काठमाडौँ: खाँदबारी नगरपालिकाकाले २०७४ साल असोज भन्दा अगाडिका सबै प्रकारका भवनको अभिलेखिकरण गर्ने भएको छ । नगरपालिकाका गत साउन ३१ गते बसेको बैठकले नगरपालिका २०७४ असोज २९ भन्दा अगाडिका भवनको अभिलेखिकरण गर्ने निर्णय भएको हो । नगरपालिका क्षेत्रभित्र निर्मित विभिन्न भवनहरुर्को अभिलेखिकरण गर्ने गरी साउन ३२ गते नगरपालिकाले सूचना जारी गरेको छ ।

National Life

भवन निर्माण सम्बन्धि मापदण्ड र संहिता बमोजिम रहेको मिति २०७४ असोज २९ भन्दा अगाडि तत्काल प्रचलित कानुन बमोजिम नक्शापास नगरी वा पास भएका नक्शामा स्वीकृत बेगर हेरफेर गरी निर्माण सम्पन्न भएका घरको अभिलेखिकरण गर्ने सूचनामा उल्लेख गरिएको छ ।


त्यस्तै भवन, टहरा कम्पाउण्ड गोदाम घर, छाना लागयतका व्यावसाहिक भवन अभिलेखिकीकरण कार्यका लागि मिति २०८० साउन ३२ गते प्रकाशित मितिले ३५ दिनभित्र एक पटकका लागि नियमित अभिलेकीकरण गर्न यस कार्यालयले घर तथा भवन पूर्वाधार विकास शाखामा पेश गर्न हुन सूचना प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै म्याद भित्र निवेदन दर्ता नभएमा अभिलेखिकरण नहुने व्यहोरा समेत यस सूचनाद्धारा जानकारी गराइएको छ । अभिलेखिकरणका लागि आवश्यक कागजातमा नक्शापास किताब, जग्गा धनीको नागरिकता प्रतिलिपि, जग्गाधनीको प्रमाण पूर्जा प्रतिलिपि, नापी नक्शा, चालु आब कर तिरेको प्रतिलिपी घर नक्शा संशोधन भएको सोको समेत तीन प्रति चार किल्ला प्रमाणित सम्बन्धित वडा कार्यालयको सिफारिस हुनुपर्ने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया