• २१ असोज २०८३, बुधबार
  • ९ः५३ बिहान

छैटौं वार्षिकोत्सवमा आई.एम.ई.लाइफ इन्स्योरेन्सद्वारा प्रभातफेरी तथावृहत रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र २ गते, शनिबार ११:१३

भदौ २, २०८० काठमाडौँ : आई .एम .ई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम भाद्र १ गते शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९जना रक्तदाता सहभागि भएका थिए ।

National Life

कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखाकार्यालयहरु विर्तामोड, इटहरी,बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।


नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदानकार्यक्रम सम्पन्नभएको हो । यसका साथै छैटौं वार्षिकोत्सव काकार्यक्रमहरु समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस अघि आई. एम. ई. लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवन शैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बालआश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम तथा युवादिवसको अवसर समेत पारेर वित्तिय जनचेतनाद्वारा युवा सशक्ति करणको कार्यक्रम समेत गरेर छैटौं वार्षिकोत्सव भव्यरुपमा मनाएको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

रक्तदान अघि आजै बिहान साढे छ बजेदेखि काठमाण्डौ लगायत सातै प्रदेशमा जीवन बीमा बारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । देशैभरि गरेर उक्तप्रभात फेरी कार्यक्रममा१५०० जनाभन्दा बढीको सहभागीता थियो ।
२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आई.एम. ई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहक वर्गका विभिन्न आवश्यकताहरु सँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिकबीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया