• 11:17 am

सुनसरीमा मिटरब्याजसम्बन्धी मुद्दा- चार करोडको दाबी एक करोडमै सल्टियो !

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार १२:५६

३२ श्रावण २०८०, काठमाडौँ:  जिल्ला प्रशासन कार्यालय सुनसरीमा चार करोड ६० लाख रुपैयाँ दाबीसहित परेको मिटरब्याजसम्बन्धीको उजुरी सल्टिएको छ । जिल्ला प्रशासन कार्यालयले उजुरीउपर छलफल गरी पीडितलाई एक करोड १० लाख दिनेगरी मुद्दा सल्टाएको हो ।


आफू पीडित भएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका धरानका इन्द्र मोक्तानको उजुरीउपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले मुद्दा सल्टाएको हो ।


पीडित मोक्तानका अनुसार उनले चार वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराइ चार करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजसम्बन्धी उजुरी परेको थियो ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजीविरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताए ।

प्रतिकृया