• २१ असोज २०८३, बुधबार
  • १०ः०३ बिहान

मेलम्ची खानेपानीको मुहान जाने सडक बाढीले बगायाे

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ११:१६

३० श्रावण २०८०, सिन्धुपाल्चोक :  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले बगाएकाे छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

National Life

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनको गुनासो थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनको भनाइ थियो । ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्‍याइरहेकाे अवस्थामा आएको बजेट विकासमा खर्च गरौँ कि खोलामा लगेर हालौँ ?’ उनले प्रश्न गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उहाँले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजना स्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए ।

अध्यक्ष शेर्पाका अनुसार अहिले पाटी भञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए ।

प्रतिकृया