अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

प्रकाशित मिति

२०८० श्रावण ३० गते, मंगलवार ११:२२

khost

३० श्रावण २०८०, काठमाडौँ: पूर्वी अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सोमबार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ ।

बिस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ । पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थीहरू र खोस्टका बासिन्दाहरू सहभागी रहेको एक होटलमा बम बिस्फोट भएको थियो ।

घाइतेको अस्पतालमा उपाचार भइरहेको छ ।

प्रतिकृया