मुगु सोरुकोट दुर्घटना हुँदा पाँच जनाको मृत्यु
प्रकाशित मिति
२०८० श्रावण ३० गते, मंगलवार १०:५१
३० श्रावण २०८०, सिमकोट: मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका- सीप चिप्ले गौडामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला अस्पताल ल्याउँदै गर्दा सोरु गाउँपालिका- ५ का लोक जंग नेपालीको मृत्यु भएको हो।
अन्य चार जना घाइतेको जिल्ला अस्पताल मुगु मा उपचार भइरहेको छ । प्रहरीका अनुसार हुम्ला जिल्लाको सर्केगाड-२ रिपगाउँका एकै नाम थरका २ जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको यसअघि नै मृत्यु भइसकेको थियाे।
सोरुकोटबाट मुगु जाँदै गरेको ज १ च ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । जिपमा सवार हुम्लाका पाँच जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा तारापानी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।
मृत्यु हुने चार जना हुम्लाकै हुन् । सो जिपमा चालकसहित नौ जना सवार रहेका थिए। र्घटनाको कारणबारे अहिलेसम्म केही खुलेको छैन।








प्रतिकृया