• 1:38 pm

नबिल बैंकले ल्यायो‘नबिल ढुक्क घर कर्जा’ योजना कार्यक्रम

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ११:३७

२९ श्रावण २०८०, काठमाडौँ: नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिलभए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ ।


यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ ।


नबिलबैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नु पर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’ यस योजना अन्तर्गत घर धनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले थपिन् ।


नबिलको यो योजनाले ग्राहकलाई घर बनाउने सपना पूरा गर्न सहज हुनेछ। बैंकका अनुसार नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशत सम्म वित्तीय सुविधा उपलब्ध गराउने छ भने अन्यले झन्झट रहित कर्जा प्रक्रियामा ६० प्रतिशत सम्म वित्तीय सुविधाको फाइदा लिन सक्नेछन् ।


यो योजनाले दुई लाख रुपैयाँ सम्मको क्रेडिट कार्ड सेवा निःशुल्कजारी गर्नेछ । यस घर कर्जा सुविधा लिनको लागि सेवा ग्राहीले नजिकैको नबिल बैंकको शाखामा सम्पर्क गर्न सक्नेछन् । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २० लाखभन्दा बढी सेवा ग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको छ ।

प्रतिकृया