शीतलनिवासमा राष्ट्रपति, सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता
प्रकाशित मिति
२०८० श्रावण २६ गते, शुक्रबार ११:४८

२६ श्रावण २०८०, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । शीतलनिवासमा करिब एक घण्टा भएको भेटमा संसदको जारी अवरोध खुलाउनेबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
भेटमा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट सहयोगको अपेक्षा गरेको अधिकारीले बताए । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।
आज पनि संसद बैठक डाकिएको छ । सदन खुलाउनेबारे शीर्ष नेताबीच पटक–पटक वार्ता भए पनि कुरा मिल्न सकेको छैन ।
प्रतिकृया