• 9:15 am

छुट्ला है रिलायबल नेपाल लाइफ इन्सोरेन्सको आईपीओमा आवेदन दिन

प्रकाशित मिति

२०८० श्रावण २६ गते, शुक्रबार ११:११

२६ श्रावण २०८०, काठमाडौँ:  रिलायबल नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन पाउनेछन् । कम्पनीले साउन २३ गतेदेखि अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि
छुट्याएको छ । यस्तै सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

प्रतिकृया