सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

प्रकाशित मिति

२०८० श्रावण २६ गते, शुक्रबार ११:५४

sun

२६ श्रावण २०८०, काठमाडौँ:  सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । आज बिहान दुई चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । यो प्रकरणमा हालसम्म २० जना पक्राउ परेका छन् । त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन् ।

साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

प्रतिकृया