• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

भैरहवा उडेको बुद्ध एयरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

प्रकाशित मिति

२०८० श्रावण २५ गते, बिहीबार ०५:०३

२५ श्रावण २०८०, काठमाडौँ:  काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पनि लगत्तै काठमाडौँ नै फर्किएको छ ।

National Life

बिहीबार दिउँसो १ः५८ बजेट बुद्ध एयरको एन-एएनपी जहाज भैरहवाका लागि उडेको थियो । तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जानकारी दिएको छ ।

जहाज उडेको ८-१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो । जहाजमा ७० जना यात्रु थिए । उनीहरुलाई अर्को जहाजमार्फत भैरहवा पठाइएको बुद्ध एयरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया