कांग्रेसका नेता सुनील शर्मा पक्राउ
प्रकाशित मिति
२०८० श्रावण २५ गते, बिहीबार ०४:४२

२४ श्रावण २०८०, काठमाडौँ: नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेता सुनील शर्मा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको टोखा गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेपनि कारण भने खुलाएकाे छैन ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।
प्रतिकृया