• २१ असोज २०८३, बुधबार
  • १०ः१० बिहान

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, कसलाई कति पर्यो ?

प्रकाशित मिति

२०८० श्रावण २५ गते, बिहीबार ०२:२७

२५ श्रावण २०८०, काठमाडौँ:  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि हाथवे इन्भेष्टमेन्ट नेपालले निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहिबार नक्साल स्थित आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

National Life

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रूपैयाँमध्ये १२.५० प्रतिशत अर्थात १४ करोड ६२ लाख ५० हजार रूपैयाँ रकमबराबरको प्रतिकित्ता अंकित मूल्य ५० दरका २९ लाख २५ हजार रूपैयाँ कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। त्यसमध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गत साउन ४ गतेदेखि साउन १८ गतेसम्म बिक्री खुला गरेको थियो।

यो आईपीओमा मागभन्दा झन्डै ४.८४ गुणा बढी आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ। आईपीओमा २७ हजार २३६ जना आवेदनबाट १४ लाख १७ हजार ४४० कित्ता सेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक रुजु र छानबिनपश्चात दोहोरो आवेदन दिने र श्रम अनुमतिको म्याद सकिएका कारणले ५ वटा आवेदन (३ जना आवदेकको) मार्फत प्राप्त २६० कित्ता सेयर रद्द गरी २७ हजार २३१ जना आवेदकबाट प्राप्त भएको १४ लाख १७ हजार १८० कित्ता सेयर बाँडफाँट लागि योग्य देखिएको क्यापिटलले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

क्यापिटलका अनुसार २० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिने २७ हजार २३१ जना आवेदकमध्ये १४ हजार ६२५ जनालाई गोलाप्रथा विधिमार्फत २० कित्ताका दरले बाँडफाँड गरिएको छ।

त्यसैगरी सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरिएको २९ लाख २५ हजार कित्ता साधारण सेयरको ५ प्रतिशत अर्थात १ लाख ४६ हजार २५० कित्ता सेयर १३ वटा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४३ वटा सामूहिक लगानी कोषका योजनाहरुलाई समानुपातिक रुपमा बाँडफाँड भइसकेको क्यापिटलले जनाएको छ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालनमा ल्याएको आइपीओ रिजल्ट डट सिडियससी डट कम एनपी (www.iopresult.com.cdc.com.np) वेबसाइटबाट हेर्न सकिन्छ ।

प्रतिकृया