• १० असोज २०८३, शनिबार
  • १०ः३० राती

ग्लोबल टी-२० : सन्दीप सम्मिलित सुर्रे जगुअर्स फाइनलमा

प्रकाशित मिति

२०८० श्रावण २० गते, शनिबार ०९:५४

२० श्रावण २०८०, काठमाडौँ: नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सुर्रे जगुअर्सले ग्लोबल टी-२० को फाइनलमा स्थान बनाएको छ। शुक्रबार भएको पहिलो क्वालिफायरको खेलमा जगुअर्सले भानकौभर नाइट्सलाई ३८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

National Life

टस हारेर पहिले ब्याटिङ गरेको जगुअर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। जवाफमा नाइट्स १४.४ ओभरमा अल आउट हुँदै १०१ रनमा समेटियो।


नाइट्सका लागि फावियन एलनले २७ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कर्वीन बोस्च १२ तथा नजिबुल्लाह जर्दानले १५ रन बनाए। त्यस्तै, रुवेन ट्रम्पेलम्यानले ११ रनको स्कोर बनाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

नाइट्सलाई सस्तैमा समेट्ने क्रममा म्याथ्यु फोर्डले सर्वाधिक ४ विकेट लिए। २.४ ओभर बलिङ गरेका फोर्डले १६ रन खर्चिएका थिए। त्यस्तै, दिलन हेलिगरले २ विकेट लिँदा सन्दीप लामिछाने, स्पेन्सर जोनसोन, अमर खालिद र आयान खानले समान १-१ विकेट लिएका थिए।


त्यसअघि पहिले ब्याटिङ गरेको जगुअर्सका लागि कप्तान इफ्तिखर अहमेदले ३६ रन बनाए। त्यस्तै, आयान खानले २९ रन बनाउँदा लिटन दासले १६ तथा मोहम्मद हरीसले २० रन बनाए। थप दोहोरो स्कोरका रूपमा जतिन्दर सिंहको १५ रन रह्यो। नाइट्सका लागि जुनाइद सिद्दीकीले ४ विकेट लिएका थिए। त्यस्तै, रुवेन ट्रम्पेलम्यान र कार्थिक मियपानले समान २-२ विकेट लिए।


अब उपाधिका लागि जगुअर्सले आइतबार दीपेन्द्र समिलित मोट्रियल्स टाइगर्स र भानकौभर नाइट्सबीचको दोस्रो क्वालिफायर विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ।

 

प्रतिकृया