• 2:36 pm

कोशी प्रदेशका मुख्यमन्त्रीको थापाको शपथ आज

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ११:०७

१७ श्रावण २०८०, विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेर नियुक्त भएका थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज साढे १० बजे शपथ ग्रहण गर्न लागेका हुन् ।


मुख्यमन्त्री थापाको आजै मन्त्री परिषद् विस्तार गर्ने पनि तयारी छ । २१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुन: सुरु गर्न परमादेश दिएको थियो ।


मंगलबार सभामुख गौतमलाई राजीनामा गराएर थापा पुन: मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन भने चुनौती देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाको पक्षमा ४७ सांसद र विपक्षमा ४६ सांसद छन् ।

प्रतिकृया