
मन्त्रिपरिषद्को बैठकमा संघीय शिक्षा ऐनलाई संसदमा पठाउने निर्णय
प्रकाशित मिति
२०८० श्रावण १७ गते, बुधबार ०७:४०

१७ श्रावण २०८०, काठमाडौँ : सरकारले संघीय शिक्षा ऐन संसदमा पठाउने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐन पारित गरेर संसदमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद्ले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधाबापत २० करोड अनुदान स्वीकृत गरेको छ ।
यो बाहेक बैठकमा लम्पी स्किन रोग लगायत अन्य समसामयिक विषयमा गम्भीर छलफल भएको मन्त्री शर्माको भनाइ छ ।छलफल अनुसार लम्पी स्किन रोगबाट किसानले भोगेको क्षतिबारे कृषि मन्त्रालयको प्रतिवेदनका आधारमा अर्को बैठकबाट क्षतिपूर्ति दिनेगरी निर्णय गर्ने सरकारले जनाएको छ ।
उनले भनिन्, ‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतीक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भीरतापूर्वक छलफल भएको छ । ’
प्रतिकृया