• ९ असोज २०८३, शुक्रबार
  • ६ः२९ बिहान

महिला विश्वकप : अमेरिका र नेदरल्यान्ड्स नकआउटमा स्थान बनाउन सफल

प्रकाशित मिति

२०८० श्रावण १६ गते, मंगलवार ०४:४७

१६ श्रावण २०८०, काठमाडौँ: महिला विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’बाट नेदरल्यान्डस समूह विजेता र अमेरिका समूह उपविजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भएका छन्।

National Life

मंगलबार इडेन पार्कमा भएको समूहचरणको अन्तिम खेलमा अमेरिका नवप्रवेशी पोर्चुगलसँग गोलरहित बराबरीमा रोकिए पनि अन्तिम १६ मा पुग्न सफल भयो। अर्को खेलमा नेदरल्यान्ड्सले भने भियतनाममाथि ७–० को फराकिलो जितसहित समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो।


पोर्चुगलसँगको हारले विश्वकपबाट बाहिरिने अवस्थामा अन्तिम समयमा पोर्चुगलको प्रहार पोस्टमा लाग्दा अमेरिका भाग्यमानी सावित भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

९१ औँ मिनेटमा अना क्यापेटाले गरेको प्रहार पोलमा लागेर फर्किँदा पोर्चुगल पहिलो सहभागितामा नै नकआउटमा पुग्ने सपनाबाट विमुख भयो। खेल अवधिभर अमेरिकाले पोर्चुगलमाथि दबाब बढाए पनि गोल गर्न भने सकेको थिएन।


समूहको अर्को खेलमा नेदरल्यान्ड्सले भियतनाममाथि गोल वर्षा गरेको थियो। जितसँगै नेदरल्यान्ड्स ७ अङ्कका साथ समूहको विजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो।


अमेरिका बराबरीपछि ५ अङ्कका साथ उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल भने ४ अङ्क बनाएर प्रतियोगिताबाट बाहिरियो। समूहमा भियतनाम भने प्रतियोगितामा अङ्कविहीन रहेर बाहिरियो।

प्रतिकृया