• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

अरनिको यातायातद्वारा गाडी फिर्ता पाउने सम्बन्धमा ध्यानाकर्षण

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०४:३४

१५ श्रावण २०८०, काठमाडौँ: मिति २०८० साल जेष्ठ महिनाको ३० गतेका दिन काठमाण्डौबाट यात्रु लिएर चौतारा तर्फ जाँदै गरेको पूर्व अरनिको यातायात प्रालि को ना.५ ख. २५७२ नं. को यात्रुवाहक बसलाई भक्तपुर जिल्लाको पलासे भन्ने स्थानमा बिपरित दिशाबाट आईरहेको प्रदेश नं ३, ०१–०२२च २९६५ नं. को टाटा हात्ति गाडीले गलत साईडबाट आई ओभरटेक गरि ठक्कर दिएको घट्नामा पूर्व अरनिको यातायात प्रालिले एक विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

National Life

उक्त दुर्घटनापछी सम्मानित जिल्ला अदालत भक्तपुर तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरले ठह-याए बमोजिमको रकमहरु धरौटी बुझाईसकेको अवस्थामा पनि उक्त हात्ति गाडीले क्षति गराएको बस निकालेर मर्मत सम्भार तथा संचालन गर्न प्रहरी वृत्त जगाती भक्तपुरले गाडी समेत नछोडेको प्रति अरनिको यातायातले आफूहरु गम्भीर भएको बताएको छ ।


नियमकानुन बमोजिम अदालतको आदेशमा चालक धरौटीमा थुना मुक्त भएको र जिल्ला प्रशासन कार्यालयले समेत धरौटी लिई थुना मुक्त भएपनि प्रहरी नियन्त्रणमा रहेको प्रालिको सवारी साधन हालसम्म पनि नियन्त्रणमा राखेकोले आफूहरु संस्थागत रुपमा आफ्नो बस फिर्ता पाउनको लागि सामुहिक दवाब सहितको आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “हामी अझैपनि सहज रुपमा हाम्रो बस फिर्ता गरियोस् भन्ने अनुरोध गर्दछौं, अन्यथा आन्दोलनका थप चरणहरुमा जान बाध्य हुने पनि यसै बिज्ञप्ति मार्फत जानकारी गराउँदछौ ।”

प्रतिकृया