• २१ असोज २०८३, बुधबार
  • १०ः३३ बिहान

अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ल्यायाे ‘भूकम्प’

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०४:१९

१५ श्रावण २०८०, काठमाडौँ: अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ। उनले सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्पविद्ले बताएका छन्। बिबिसीका अनुसार टेलरले २२ र २३ जुलाईमा दिएको कन्सर्टको बेला भूकम्पको कम्पन मापन गरिएको हो।

National Life

भूकम्पविद् ज्याकी क्याप्लान-अउरबाचले उक्त कम्पन स्विफ्टका फ्यान वा ध्वनि प्रणालीका कारण भएको बताए। यस शोले सन् २०११ मा सिएटल सहरमा भएको रेकर्ड तोडेको छ।


सन् २०११ मा न्यु अर्लिस सेन्ट्सविरूद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले उक्त कम्पन पैदा गरेका थिए। पश्चिमी वासिङ्टन विश्वविद्यालयका भूविज्ञान प्राध्यापक क्याप्लान-अउरबाचका अनुसार टेलरको कन्सर्ट र फुटबल खेलबीच कम्पनको भिन्नता ०.३ मात्र रहेको छ। तर टेलरको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेभन्दा दोब्बर रहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई रात भएको कन्सर्टमा करिब १ लाख ४४ हजार दर्शक सहभागी थिए।

प्रतिकृया