• 6:18 pm

मेडिकल माफियालाई शिक्षामन्त्रीकै साथ छ : डा. केसी

प्रकाशित मिति

२०८० श्रावण १५ गते, सोमबार ०३:४९

१५ श्रावण २०८०, काठमाडौँ: चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले शिक्षामन्त्री अशोककुमार राईलाई मेडिकल माफियालाई साथ दिइरहेको आरोप लगाएका छन् ।


सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले पछिल्लो समय सीटीईभीटीको कदममा शिक्षामन्त्रीको साथ रहेको बताएका हुन् ।


सीटीईभीटीको पछिल्लो कदमप्रति इंगित गर्दै डा. केसीले भने, “पछिललो समय चिकित्सा शिक्षा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको । आयोगका सहअध्यक्ष समेत रहेका शिक्षामन्त्री पदीय जिम्मेवारीबाट च्यूत भएर त्यस्ता कार्यलाई साथ दिइरहेको आशंका उत्पन्न भएको छ ।”

प्रतिकृया