बाहुन बस्ती माथि बनाएको भन्दै दलितको निर्माणाधीन घर भत्काइयो
प्रकाशित मिति
२०८० श्रावण १४ गते, आईतवार ०४:४१

१४ श्रावण २०८०, काठमाडौँ : बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका वडा नं. ७ स्यालढुंगाको बाहुनवस्तीनजिकै पुड्के ओखडाले बनाउँदै गरेको घर त्यहाँकाबाहुन समुदयले भत्काइदिएको भन्दै दलित समूदायका अगुवाहरुले आपत्ति जनाएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनीहरुले उक्त घटनामा संलग्न दोषीहरुलाई कानुन अनुसार हदै सम्मको कारबाहीको माग गरे ।
बझाङ लगायत देशभर नै भइ रहेका दलित माथिका घट्नाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान तथा विद्यमान ऐन कानूनलाई नै गिज्याइरहेको उनीहरुको बुझाई छ । गत साउन१० गतेस्थानीय कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशीलगायत ४० भन्दा बढी गैर दलित बाहुन समुदायहरुले बाहुनको घर माथि दलितले घर बनाउन नमिल्ने भन्दै निर्माणाधीन घर भत्काइ दिएको उनीहरुको भनाई छ । जातीय भेदभाव जन्यगालीगलौज, कुटपिट र निर्माणा धीन घर भत्काउदै उनीहरुले १२ लाख बराबरको चल/अचल सम्पत्ति नष्टगरिदिएको उनीहरुको दाबी छ ।
त्यसैगरी, कैलालीको गैरी गंगा नगरपालिका–७ की सरस्वती खडका र गोदावरी नगरपालिका–९ का सुरेश विश्वकर्माले अन्तरजातीय विबाह गर्दा भोग्नु परेको पीडबारे पनि दलित अगुवाहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । उनीहरुले सरस्वती र सुरेशले अन्तर जातीय विवाह गरेकै कारण प्रहरीबाट समेत विभेद सहनु परेको बताए । काठमाडौं स्थित गौसला प्रहरी वृतका प्रहरीले “खड्काकी छोरी भएर कामी संग विवाह गर्न लाज लाग्दैन“ भन्दै दुव्र्यवहार गरेको उनीहरुको दाबी छ ।
कानुनको पालना गर्न गराउन सुरक्षामा खटिएका प्रहरीबाटै कानुन विपरीतका काम हुने गरेको भन्दै उनीहरुले सरकारको ध्यानाकार्षण गराए ।
प्रतिकृया