• २१ असोज २०८३, बुधबार
  • १०ः३४ बिहान

आई.एम.ई लाइफ कोशी प्रदेशद्वारा धरान उपमहानगरपालिकामा एक हजार वृक्षारोपण

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०३:४३

१४ श्रावण २०८०, काठमाडौँ : आई.एम.ई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आई.एम.ई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले हिजो साउन १३ गते मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै विरुवा प्रदान गरेका हुन् ।

National Life

उनीहरुले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस भन्ने हेतुले विरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशीप्रदेशका २ सयभन्दा बढीले उक्तअभियानमाश्रम दान गरेका हुन् । उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो । देशमा हुने विकासको गतिविधीहरुमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ र आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

प्रतिकृया