• २१ असोज २०८३, बुधबार
  • ११ः०१ बिहान

कामना सेवा विकास बैंकको १२.१२ सार्वजनिक

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ०३:५४

५ श्रावण २०८०, काठमाडौँ:  कामना सेवा विकास बैंक लि. ले ग्राहकहरूको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासीय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा बैंकले १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

National Life

बैंकका अनुसार आवासीय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सीमा भित्र रहने गरी धितो मूल्याङ्कित रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मूल्याङ्कित रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कर्जा उपलब्ध हुने वैंकले जनाएको छ ।


बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालका अनुसार विद्युतीय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरू सम्पूर्ण कागजात पेस गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया