सुन प्रकरणबारे गृहमन्त्री- हामीले सबै नेक्सस केलाउँछौँ
प्रकाशित मिति
२०८० श्रावण ५ गते, शुक्रबार १२:३३
५ श्रावण २०८०, काठमाडौँ: गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । सुन प्रकरणबारे त्रिभुवन विमानस्थलको भन्सार कार्यालय पुगेका गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
“भ्रष्टाचार काण्डबारे अनुसन्धान गर्नका लागि केही कसर बाँकी राखिन्न । कुनै पार्टी, व्यक्ति, नेता वा बालकोट, बालुवाटार केही भन्दिनँ,” उनले भने ।
उनले सुन काण्डमा सबै नेक्सस केलाउने प्रतिबद्धता जनाए । “हामीले सबै नेक्सस केलाउँछौँ । अनुसन्धान त्यहाँसम्म पुग्छ, पुर्याउनुपर्छ । अपराध गर्नेहरूप्रति कुनै कसर बाँकी राखिन्न,” उनले भने ।
यस्तै उनले आफ्नो संलग्नता छ भन्नेहरूलाई पुष्टि गर्न चुनौती दिए । “ज-जसले त्यसो भन्छन्, म पुष्टि गर्न चुनौती दिन्छु । यो देशमा भ्रष्टाचार गर्ने र सुशासनविरुद्ध काम गर्नेहरूविरुद्ध हामीले व्यावहारिक प्रयास गर्दैछौँ,” उनले भने ।
‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने ।








प्रतिकृया