कांग्रेसको चिन्ता गर्नेलाई आरजुको जवाफ – आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्यो
प्रकाशित मिति
२०८० श्रावण ५ गते, शुक्रबार १२:२५
५ श्रावण २०८०, काठमाडौँ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले महामन्त्री गगन थापाले बैठकको प्रारम्भमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्टजस्तो भन्दै कटाक्ष गरेकी छन् ।
मङ्गलबारबाट सुरू भएको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो कटाक्ष गरेकी हुन् । “महामन्त्रीको प्रतिवेदन एनजीओको रिपोर्टजस्तो लाग्यो,” उनले भनिन् ।
उनले पार्टी सदस्यमात्रै बढाएर केही नहुने बताइन् । प्रतिवेदनमा महामन्त्री थापाले कम्तीमा ७ लाख नयाँ सदस्य थप्ने प्रस्ताव ल्याएका छन् । त्यसमाथि आरजूले टिप्पणी गरिन्, “वडामा सदस्यमात्र बढाएर हुँदैन, क्रियाशील सदस्यभन्दा कम भोट आएका वडाहरू मलाई थाहा छ । आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुपर्यो । राजनीति कहिल्यै पनि सहज छैन । राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुपर्यो । हाम्रो भोट हामी आफैँ काटिरहेका छौं । कसैले पनि हराउन सक्दैन ।”
केन्द्रीय समिति बैठकमा समेत कतिपय केन्द्रीय सदस्यले पार्टी नेतृत्वका कारण कार्यकर्तामा देखिएको असन्तुष्टिको लाभ अन्य शक्तिले लिइरहेको बताएका थिए । त्यसको जवाफमा आर्जुले चुनौतीपूर्ण भयो भनेर डराउनेलाई मैदान छोडेर जान सुझाव दिएकी हुन् ।








प्रतिकृया