• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

सुन तस्करी छानबिन गर्न राजस्वले बनायो बेग्लै समिति

प्रकाशित मिति

२०८० श्रावण ५ गते, शुक्रबार ०१:३२

५ श्रावण २०८०, काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद करिब सय किलो सुन बरामदको छानबिन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । विभागले घटनाको अनुसन्धान गर्न चार सदस्यीय छानबिन समिति बनाएको हो ।

National Life

यसअघि भन्सार विभागले अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।


बुधबार विमानस्थल भन्सारबाट पास भइसकेको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । यस सुन प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया