विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणमा मेरो संलग्नता छैन: दीपक मल्होत्रा
प्रकाशित मिति
२०८० श्रावण ४ गते, बिहीबार ०१:५०
४ श्रावण २०८०, काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले आफ्नो संलग्नता नभएको बताएका छन्। बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।
मंगलबार बरामद् भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो। मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।
उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।
‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।








प्रतिकृया