• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिलाको सहयोग

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार १२:५९

४ श्रावण २०८०, काठमाडौँ : सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा हिजाे मालीगाँउ, काठमाडौं स्थित ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरी सहयोग गरेको छ ।

National Life

त्यस क्षेत्रहरुमा चल्ने सवारी साधनहरुलाई व्यवस्थापन लगायत चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले उक्त ट्राफिक प्रहरी वृतलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरेकाे हाे ।


सो कार्यक्रमका विच उक्त ट्राफिक प्रहरीकोटोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत , मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राख्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तर दायित्व वहन गर्दै आइ रहेकाे छ ।

प्रतिकृया