• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

नेपाल एयरलाइन्सकाे पाचौं तहमा एयरहोस्टेस पदका लागि कर्मचारी माग

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०२:१३

४ श्रावण २०८०, काठमाडौँ : नेपाल एयरलाइन्सले एकैपटक ३० जना एयरहोस्टेस माग गरेको छ। नेपाल एयरलाइन्सले पाचौं तहमा एयरहोस्टेस पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो। करार सेवामा भर्ना हुने उम्मेदवारको योग्यता न्यूनतम १२ कक्षा वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।

National Life

यो पदका लागि १८ देखि २५ वर्षसम्मको उमेर र कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने विज्ञापनमा उल्लेख छ। तोकिएको यूनिफर्म लगाउँदा ट्याटु देखिन नहुने तथा अशक्तता/अपांगता नभएका उम्मेदवारले मात्र प्रतिपर्धा गर्न पाउने नेपाल एयरलाइन्सको विज्ञापनमा उल्लेख छ ।


निगममा एयरहोस्टेस बन्ने करारका विमान परिचारिकाको सेवा अवधि ५ वर्षको हुन्छ ‍। नियुक्ति प्रक्रिया पुरा गरी अन्तिम सिफारिस भएका प्रशिक्षार्थी विमान परिचारिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट क्रु मेम्बर प्रमाणपत्र प्राप्त गर्नुपर्छ। त्यसपछि मात्र उनीहरुसँग ५ वर्षको करार सम्झौता हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया