• २१ असोज २०८३, बुधबार
  • ११ः०२ बिहान

नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार १२:२४

४ श्रावण २०८०, काठमाडौँ : काठमाडौं ­‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलता पूर्वक संचालन संगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालय सँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

National Life

कार्यक्रममा कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सुचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नविनतम सोच भएका १८ वर्ष देखि माथिका नेपाली नागरिकहरुले आवेदन दिन सक्ने छन् । नबिल एसएसईको फेसबुक पेजमा रहेकोे लिङ्कमा गई गुगल फारमबाट आवेदन दिन सकिनेछ । अथवा नबिल बैंकको वेभसाइडमा गई नबिल एसएसईको पेजबाट पनिफारम भर्न सकिन्छ ।आवेदनको अन्तिमदिन बैंकले भदौ ३गते तोकेको छ ।


सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिना सम्म चल्नेछ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिनआफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ । तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानकालागि नबिलले सहयोग गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरि सकेका छन् । विभिन्न पृष्ठ भुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवासायको ब्राण्डिङ्ग, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए । विभिन्न अन्र्तक्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो जसको कुल निक्षेप रु ३७८ अर्ब तथा कुलकर्जा रु ३४० अर्ब रहेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।


त्यस्तै गरी देश भरिको शाखा विस्तार भई २ सय ६५शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।


आवेदनकालागि तलदिइएको लिङ्कमा क्लिक गर्न सकिनेछ ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse

प्रतिकृया