• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

सुनचाँदी को मूल्यमा नयाँ रेकर्ड

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ११:५८

४ श्रावण २०८०, काठमाडौँ :  नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको छ ।

National Life

अघिल्लो दिन (बुधबार) को मूल्यमा पाँच सय रुपैयाँ वृद्धि हुँदै हालसम्मकै उच्च भएको हो । बुधबार एक लाख १३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख १२ हजार ५५० रुपैयाँ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी आज प्रतितोला एक हजार ४९५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन एक हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया