• २१ असोज २०८३, बुधबार
  • ११ः०३ बिहान

जी–२० सम्मेलन नेपालका लागि महत्वपूर्ण उपलब्धि: अर्थमन्त्री डा. महत

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ११:१९

४ श्रावण २०८०, काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रह्यो ।’

National Life

मुलतः ३ वटा महत्वपूर्ण विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुन नेपालको आर्थिक विकासका लागि उपलब्धी हुन् । पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्छ ।’


जी–२० बैठकमा विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भयो । यस विषयमा सोमबार र मंगलबार लगातार ५–६ वटा विषयमा छलफल भयो । ’

Classic Tech Mobile
Classic Tech Desktop

‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौति देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’


जलवायु परिवर्तन जसको कारणबाट हामीले क्षति व्यहोरिरहेका छौं, यसमा विकसित देशहरुले कसरी सहयोग गर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएका मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दीगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा कसरी बढाउने, मूल्य वृद्धि र विकासका अनेकन समस्याबाट जनमानसमा परेको असरलाई कसरी कम गर्ने विषयहरु नेपालले जी–२० को फोरममा राख्यो ।


जी–२० का देशहरुले संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको छ, क्रय शक्तिमा समस्याहरु आएको छ । यसलाई कसरी विस्तार गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस सिलसिलामा विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाहरुको पनि त्यहाँ सहभागिता थियो । त्यहाँ पनि हामीले अनौपचारिक रुपमा आफ्ना कुरा राख्यौं । भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरी छलफल गरियो ।’


गुजरात चेम्बर अफ कमर्स इन्ड्रस्टिजको कार्यालयमा अन्तर्क्रिया भएको मन्त्री डा. महतले जानकारी दिनुभयो । नेपालमा लगानीको सम्भावनाबारे त्यहाँ नेपालले प्रस्तुति दिएको थियो । गुजरातमा पनि नेपाली समुदायको संख्या ठूलो छ, उनीहरुसँग पनि अन्तर्क्रिया गरेको मन्त्री डा. महतले बताउनुभयो ।

प्रतिकृया