आज देशभर सामान्य बदली रहि केही ठाउँ भारी वर्षा हुने
प्रकाशित मिति
२०८० असार २४ गते, आईतवार ०८:१२
२४ असार २०८०, काठमाडौँ : आज आइतबार बिहान देखि देशभर आंशिक तथा सामान्य बदली रहि देशका केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिल्य देश भर मनसुनी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि सामान्य रहनेछ। कोशी प्रदेश सहित देशका तराईका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।






प्रतिकृया