नेप्से परिसूचक ०.०६ अंकले घट्याे
प्रकाशित मिति
२०८० असार २१ गते, बिहीबार ०३:५९
२१ असार २०८०, काठमाडौँ: आज (बिहिबार) नेप्से परिसूचक ०.०६ अंकले घटेको छ । नेप्से ०.०६ अंकले घट्दा नेप्से इन्डेक्स २०४९.३८ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा केहि सुधार आएको छ । आज ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार माथिको कारोबार भएको हो ।
आज ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । सेयर बजार झिनो अंकले घटेपनि शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण आजपनि बढ्दो क्रममा छ । कम्पनीको आज ५९७ रुपैयाँका दरले १८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज प्रभु बैंकको प्रमोटर सेयरको कारोबार पनि सर्वाधिक भएको छ । आज बैंकको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साथै, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटलको सेयर आज सर्वाधिक कारोबार भएको छ ।
बिहिबार सिटी होटलसहित तीन हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बिहिबार सर्वाधिक धेरै कमाउने कम्पनीको सूचिमा सिटी होटल, रावा इनर्जी डेभलपमेन्ट, अपर तामाकोशी हाइड्रोपावर र जोशी हाईड्रोपावर कम्पनीहरु रहेका छन् । उल्लेखित चार वटा कम्पनीहरुको शेयर मूल्य करिब १० प्रतिशत बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, अन्य सर्वाधिक बृद्धि हुने कम्पनीहरुमा पिपुल्स पावर, साम्लिङ पावर, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरु छन् ।
नेप्सेसँगै सर्वाधिक गुमाउने कम्पनीहरुमा मोदी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, सिनर्जी पावर लागयतका कम्पनीहरुको सेयर मूल्य उच्च अंकले घटेको छ ।






प्रतिकृया