• १० असोज २०८३, शनिबार
  • ५ः१७ बेलुका

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताका बारे छलफल

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार १०:२८

७ असार २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्दबीच भेटबार्ता भएको हो ।

National Life

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेट वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताईएको छ ।


प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेता बिचमा गम्भीर छलफल भएको छ । दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाईएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया